Breaking News

पूर्वी चितवनमा कारले दुई स्कुटरलाई ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु , ३ जना घाईते

Banner

चितवन, असार २५ –

चितवनमा कारले स्कुटरलाई ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ । राप्ती नगरपालिका ३ झुरझुरेस्थित पुर्वपश्चिम राजमार्गमा कारले स्कुटरलाई ठक्कर दिँदा ३५ वर्षीय राजकुमार अधिकारीका छोरा आरुस अधिकारीको मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्गमा बा१९च७९८६ नम्बरको कारले प्रदेश ३-००३प६८८८ र प्रदेश नम्बर ३-००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ ।

कारको ठक्करबाट प्रदेश ३-००२प ६४८३ नम्बरको स्कुटर चालक खैरहनी नगरपालिका १२ का राजकुमार अधिकारी पनि घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचाररत उनको अवस्था मध्यम छ । उनको दाहीने खूट्टा र मुखमा चोट लागेको छ । आरुसको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३: ३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

यस्तै दुर्घटनामा प्रदेश ३-००३प ६८८८ नम्बरको स्कुटर चालक रत्ननगर १५ का १८ वर्षीय निशान भट्टराई र स्कुटरको पछाडी सवार सोही स्थानका २० वर्षीय सन्तोष पोखरेल घाइते भएका छन् । पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको छ । उनीहरुको पनि पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दिउँसो ३ बजे झुरझुरे स्थित पुर्व पश्चिम राजमार्गमा भण्डाराबाट हेटौंडा तर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी साथै प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>