Breaking News
माडीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
०

चितवन, असार २५
पौडी खेल्ने क्रममा डुबेर माडीमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका घर भई माडीको दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत २१ वर्षीय हिक्मत हिक्मत शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसमी) सूर्य थापाका अनुसार आज (शुक्रबार) दिउँसो माडी नगरपालिका–६ स्थित रिउ खोलामा पौडी खेल्ने क्रममा डुबेर शाहीको मृत्यु भएको हो ।
डुबेर बेपत्ता भएका शाहीलाई स्थानीय र प्रहरीसहितको टोलीले दिउँसो १ बजे माडी–३ स्थित रिउ खोलामा मृत अवस्थामा फेला पारेको हो ।
डिएसपी थापाका अनुसार पौडी खेल्न शाहीसहित ६ जना रिउ खोलामा पुगेका थिए । अन्य ५ जना सकुशल रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























