Breaking News
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु
०

चितवन, असार २० –
पहिरोले अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर–२९ सेती दोभानको पहिरो हटाइए पछि आज ११ १५बाट सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
बिहान सेती दोभानमा ढुङगासहितको पहिरो खसेपछि दुवै तर्फ सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउनलाई डोजर, ब्रेकर र जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भएकोमा उक्त पहिरो पन्छाई सवारी साधन दुई तर्फी सुचारू भएको प्रहरीले बताएको छ ।
त्यसैगरी प्रहरीले हालसम्म पनि माथिबाट ढुंगा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने यात्रुहरुले नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























