Breaking News

नारायणग-मुग्लिन सडकखण्डमा ढुङगा सहितको पहिरो खसेपछि सडक पुनःअबरुद्ध

Banner

चितवन, असार २५ –

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । आज बिहान साढे ९ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा भन्ने स्थानमा माथीबाट ढुङगा सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

गयरातीदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ५ः३० बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको थियो । सो ठाँउमा दर्जनौपटक पहिरो खसेर सडक अबरुद्ध भएको छ । पहिरोमै पानीको मुल फुटेका कारण निरन्तर लेदो बगिरहेको छ भने ढुङ्गा खस्ने अवस्थामा रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>