Breaking News

आज माओवादी छाडेर एमालेमा गएका नेताहरू निर्वाचन आयोग जाँदै

Banner

काठमाडौं, असार २५ –

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।

नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरु आज आयोग जान लागेका हुन् ।

नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने संचारकर्मीलाई बताएका छन् । उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए। माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>