Breaking News

नारायणगढ–मुग्लिन सडकको ढुङ्गा फुटाउन सकस, एक हप्तादेखि फुटाउने काम निरन्तर (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • २४ असार २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार २४
नारायणगढ मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुङ्गा एक हप्तादेखि निरन्तर कोसिस गर्दा पनि फुट्न सकेको छैन ।

असार १७ साँझ खसेको उक्त ढुङ्गालाई १८ गतेदेखि फुटाउन सुरु गरिएको थियो । तर निरन्तर फुटाउने कोसिस गर्दा पनि उक्त ढुङ्गा फुट्न नसकेको हो ।

ढुङ्गा फुटाउन प्रयोग गरिएको ग्रेडर मेशिनका अपरेटर प्रकाश घर्तीले उक्त ढुङ्गा अरु ढुङ्गाभन्दा फरक रहेको बताए । उनले भने, मैले चार दिनभयो ग्रेडर चलाउन लागेको । मभन्दा पहिलाको अपरेटरले दुई दिन चालनउनु भएको थियो । यो ढुङ्गा साह्रो भएकाले र ढलान गरेर राखेको ढुङ्गा जस्तो भएकाले फुटाउन ढिलो भइरहेको छ ।’ एकसाइडमा गाडी चल्ने बाटो छाडेर आफू अर्काे साइडमा बसेर ढुङ्गा फुटाउने काम गर्नुपरेकाले पनि केही ढिलो भइरहेको उनले बताए ।

अहिले करिब आधि जति फुटाएर सकिएको उनले बताए । ‘अब सडक विभागले अर्काे पनि ग्रेडर ल्याएर दुई वटा ग्रेडरले फुटाउने भनेको छ । दुई वटा ग्रेडरले फुटाउ थालियो भने अब ४/५ दिनमा फुटाएर सकिन्छ होला, उनले भने, ‘एउटाले मात्र फुटाउन प¥यो भने त भन्नै सकिन्न ।’

‘बिहानै सात बजेबाट ढुङ्गा फुटाउने काम सुरु गर्छु । अनि दिउँसो दुई घण्टा रेस्ट गर्छु । त्यसपछि बेलुका ७ बजेसम्म फुटाउने काम गर्छु’ उनले भने ।

निरन्तर परेको झरीका कारण विगत १० दिनदेखि नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम चलिरहेको छ । पटकपटक पहिरो खस्ने र पटकपटक सडक अवरुद्ध हुँदा सडकमा यात्रा गर्ने यात्रीहरुसहित प्रहरी र सडक डिभिजनका कर्मचारीहरुले सास्ती खेपिरहनु परेको छ ।

सम्बन्धित समाचार :

तस्विरमा हेरौं नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुङ्गा (फोटोफिचर)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>