Breaking News
फेवाताल बचाउन बनाइएको ड्याम दुई वर्षमै बाढीले बगायो
पोखरा, असार २४
फेवाताल बचाउन बनाइएको सिल्ट्रेसन ड्याम बाढीले बगाइदिएको छ ।
पोखरा २३ स्थित हर्पनखोलामा बनेको ड्याम निर्माण पूरा भएको दुई वर्ष नपुग्दै बाढीले बगाइदिएको हो । फेवातालमा वर्षेनि जम्मा हुने गेग्य्रान रोक्न भन्दै पोखरा महानगरले ड्याम बाढीले बनाएको थियो ।
पोखरा २३ का वडाध्यक्ष भरतराज भण्डारी अनुसार राति आएको बाढीले ड्याम बगाएको छ ।
हर्पन खोला फेवातालको मुख्य मुहान खोला मानिन्छ । हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट वर्षेनि १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवा पुग्ने तथ्यांक छ । तिनै गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएका थिए ।
फेवा मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् । फेवा मुहानका बेत्यानी खोलामा दुई वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक÷एक गरी पाँच वटा ड्याम रहेका छन् ।