Breaking News
बाढीले माडी-नारायणगढ सडकखण्ड अवरोध
०

चितवन, असार २४ –
चितवनको माडीमा माडी-नारायणगढ सडकखण्ड अवरोध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षाले आएको बाढीको कारण सडक अवरोध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान देखि परेको वर्षाको कारण माडीको वडा नं. १,३,४,६,७ मा बाढी आएको छ ।
जसले गर्दा चितहरी खोला ,मगै खोला ,बादरमुडे खोला,रतही खोला लगायत अन्य खोलाहरुमा बाढी आएकोले माडीबाट नारायणगढतर्फ आउने बाटो अवरोध भएको प्रहरीले जनाएको छ । बाढीले सुकुम्बासी चेपाङ बस्ती डुबानमा परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























