Breaking News

चितवनको माडीमा बाढी: चेपाङ बस्ती डुबानमा

Banner

चितवन, असार २४ –

चितवनको माडीमा  बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आएको छ । बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ मलाहीटोल डुबानमा पारेको हो ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले गर्दा सुकुम्बासी घरहरूमा पानी पस्न थालेको छ । घर नै डुबानमा परेपछि उनीहरु सडकमा आएका छन् । माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका ७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । ५५ घर भएको चेपाङ बस्ती डुबानमा परेको स्थानिय बासिन्दा छबिलाल चेपाङले जानकारी दिए । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको उनले बताए । कुसुम खोलाबाट सारिएका चेपाङ बस्तीहरु अहिले पुरै डुबानमा रहेको उनले बताएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएका चेपाङहरुलाई यो बस्तीमा राखिएको थियो।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेका छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत बन्द भएको छ । स्थानिय सरकारले आधा मात्रै खोलाको छेउमा ड्याम लगाएको कारण बाढी बस्तीमा पसेको छविलाल चेपाङले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>