Breaking News
चितवनमा २५ जनाभन्दा कम विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न पाइने
चितवन, असार २३
चितवनमा २५ जनाभन्दा कम विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै सो जानकारी दिएको हो ।
प्रशासनले एकैदिनमा २५ जनाभन्दा बढी विद्यार्थी जम्मा हुने अवस्था भएमा सिफ्टवाइज परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ ।
परीक्षार्थिहरु हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपश्चात मापदण्ड बमोजिमको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउन भनिएको छ । एउटा सिफ्टका सबै परीक्षार्थिहरु परीक्षा स्थलबाट पूर्णरुपमा बाहिरिएपछि मात्र अर्काे सिmफ्टसँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्नुपर्ने छ ।
यस्तै परीक्षा सञ्चालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य निसंक्रमण गर्नुपर्नेछ ।
लुट मच्चाउँदै भरतपुरका अटो : भाडामा मनपरी, ५ गुणा बढी भाडा लिँदै