Breaking News

चितवनमा पर्सिदेखि सार्वजनिक सवारी चल्ने, जोरबिजोर प्रणाली लागु

  • Logo
    app haru
  • २३ असार २०७८, बुधबार
Banner

चितवन, असार २३
चितवनमा पर्सिदेखि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै पर्सिदेखि जोरबिजोर प्रणालीका आधार सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निर्णयानुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु सञ्चालनमा हुन पाउने छन् । सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने र मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने प्रशासनको आदेशमा उल्लेख छ ।

यस्तै चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ ।

लुट मच्चाउँदै भरतपुरका अटो : भाडामा मनपरी, ५ गुणा बढी भाडा लिँदै

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>