Breaking News

चितवनमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालनको तयारी, मोडालिटीबारे छलफल

  • Logo
    app haru
  • २३ असार २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार २३
चितवनमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको छ । चितवनमा बैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाउँदै सार्वजनिक सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।

निषेधाज्ञाको मिति भोलि सकिँदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सार्वजनिक यातायात सञ्चालन गर्ने मोडालिटीबारे छलफल गरिरहेको बताए । उनले भने, ‘कोरोना संक्रमण त आशातितरुपमा घटेको छैन । अन्य जिल्लामा पनि सार्वजनिक सवारी साधन सञ्चालनमा आएकाले यहाँ पनि सञ्चालन गर्नुपर्ने दबाब बढ्दो छ । आज बेलुकासम्म यसबारे निर्णय लिइन्छ ।’

चितवन प्रशासनले यसअघि अटोरिक्सालाई जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरी सकेको छ । चितवनका यातायात व्यवसायीले पनि सार्वजनिक सवारी साधन सञ्चालनको माग गर्दै आएका छन् ।

भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनिबहादुर बोहोराले सार्वजनिक सवारी साधनहरु सञ्चालनको माग गर्दै पटकपटक ध्यानाकर्षण गराएको बताए ।

अटोहरुले अहिले भाडामा एकाधिकार जमाउँदै, मनपरी भाडा लिँदै लुट मच्चाइरहेका छन् । यस सम्बन्धि समाचारका लागि तल क्लिक गर्नुहोस्, ।

लुट मच्चाउँदै भरतपुरका अटो : भाडामा मनपरी, ५ गुणा बढी भाडा लिँदै

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>