Breaking News

सुजिता मृत्यु प्रकरण : कफ्र्यूपछिको राप्ती नगरपालिका

Banner

चितवन, असार २३
सुजिता भण्डारी मृत अवस्थामा भेटिएपछि उत्पन्न परस्थितिलाई साम्य गर्न चितवन प्रशासनले कफ्र्यू जारी गरेको छ ।

प्रशासनले हिजो मंगलबार साँझ ७ः३० देखि आज बुधबार ७ः३० सम्म कफ्र्यू जारी गरेको हो । मंगलबार दिनभर राजमार्ग क्षेत्रमा प्रदर्शन र झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

निषेधाज्ञा आज बिहानैदेखि कडाइका साथ लागु गरिएको छ । विभिन्न क्षेत्रमा जनपथ र सशत्र प्रहरी परिचालन गरिएको छ । राजमार्गमा अन्य जिल्लामा जाने सवारी साधनलाई आवतजावत गर्न दिइएको छ भने स्थानीय स्तरमा हिँड्डुल, जमघट गर्न रोक लगाइएको छ । राप्ती नगरपालिकाको वडा नम्बर १ लोथर पुलदेखि वडा नम्बर ४ डढुवा चोकसम्मको राजमार्गक्षेत्र सामान्य छ । घर बाहिर राजमार्ग क्षेत्रमा कोही निस्केका छैनन् भने स्थानीय स्तरमा सवारी साधन चलेका छैनन् ।

प्रशासनले निषेधाज्ञा उल्लघंन गरे गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुन सक्ने जनाएको छ ।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

१० दिनपछि स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा सुजिताको शव फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>