Breaking News

राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यु जारी,अवज्ञा गरे गिरफ्तार गरी एक महिना कैद गरिने

Banner

चितवन,असार २३-

सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । हिजो साँझ ७ः३० बजेदेखि आज बेलुकी ७ः३० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । अन्य जिल्ला जाने सवारीसाधनलाई भने संचालन हुन दिइनेछ ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>