Breaking News
नारायणगढ-मुग्लिन सडक खण्डः विहानैबाट पहिरो पन्छाउने काम सुरु
०

चितवन, असार २३–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोको कारण सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ । पछिल्लो सोमबार रातिदेखि अवरुद्ध सडक आज (बुधबार) विहानसम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेन । आज विहान ५ः३० बजेदेखि सेतीदोभान लगायतका ठाउँको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । उनले भने–‘अहिले पनि पहिरो खसिरहेको छ, रातको समयमा काम गर्न गाह्रो भएकाले विहानबाट मात्र पहिरो पन्छ्याउने काम सुरु गरिएको हो ।’ पहिरोले सयौं सवारीसाधन रोकिएका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























