Breaking News

सुजिता मृत्यु प्रकरणः राप्तीका स्थानीयद्धारा आजपनि पूर्वपश्चिम राजमार्गमा चक्काजाम

Banner

चितवन,असार २२-

चितवनको राप्ती नगरपालिकामा स्थानीयवासीले आजपनि पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन । राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन । उनिहरुले अपरान्ह ४ बजेदेखि सडक अबरुद्ध गर्दै घटनामा संलग्नलाई पत्ता लगाई तत्काल पक्राउ गर्न माग गरेका छन । यसअघि हिजो (सोमबार) पनि स्थानियले सडक अबरुद्ध गर्दै प्रर्दशन गरेका थिए ।

सोमबार बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे मात्र खुलेको थियो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको थियो । शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको थियो । शव पोष्टमाटमका लागि आज (मंगलबार) काठमाडौं पठाइएको छ ।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>