Breaking News

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं लगियो, त्रिवि शिक्षण अस्पताल अस्पतालमा पोष्टमार्टम हुने

Banner

चितवन,असार २२-

चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् । तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>