Breaking News

एक हप्तादेखि भरतपुर महानगरले फोहोर उठाएन, दुर्गन्धित बन्यो नारायणगढ बजार (फोटोफिचर)

  • Logo
    app haru
  • २२ असार २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार २२
अहिले नारायणगढ बजार गइनसक्नु छ । ठाउँठाउँमा फोहोरको डंगुर छ । फोहोर कुहिएर बजार दुर्गन्धित बनेको छ । विगत एक हप्तादेखि नारायणगढ बाजरको सडकबाट फोहोर उठाइएको छैन ।

लामो समयको निषेधाज्ञापछि भर्खरै खुलेको नारायणगढ बजारमा फोहोरका कारण सर्वराधारण र व्यापारीहरु मर्कामा परेका छन् । व्यापारीहरुले एक हप्तादेखि फोहोर नउठेको बताउँदै फोहोरबाट दुर्गन्धित फैलिँदा ग्राहकहरु आउन छाडेको बताएका छन् ।

लायन्सचोक र शहिद चोकको बीचभागमा पर्ने एक कपडा पसल व्यावसायीले भनिन्, ‘विगत ६ दिनदेखि यहाँको फोहोर उठेको छैन । निकै दुर्गन्ध फैलिरहेको छ । यत्रो सयमपछि पसल खोल्न पाएका थियौं । अहिले दुर्गन्धका कारण ग्राहक नै आएका छैनन् ।’

यस्तै एक इलेक्ट्रिक पसल सञ्चालकले भने, ‘खै के हो यस्तो । एक हप्ता भइसक्यो फोहोर थुप्रेको कसैलाई केही वास्ता छैन । कहाँ छ अहिले महानगर ? पैसा भने महिना पुग्ने बित्तिकै उठाउन आउँछन् । फोहोर भने समयमा उठाउन सक्दैनन् ।’

यस्तै फोहोर थुप्रिएको भन्दा अल्लि टाढा बसेर ठेलामा फलफूल बेचिरहेकी एक महिलाले भनिन्, ‘धेरै दिन भइसक्यो फोहोर न उठेको । अझ उताउता जानुभो भने त झन् बिजोक छ । महानगरका कर्मचारीहरुलाई सोध्दा फोहोर फाल्ने ठाउँ नभएकाले उठाउन नसकिएको बताउनु भएको थियो ।’

अहिले नारायणगढ बजारमा ठाउँठाउँमा फोहोरको थुप्रो देख्न सकिन्छ । यस्तै फोहोरलाई सडकमा गुडेका सवारी साधनले उडाएर होला सडक भरिनै फोहोर छरिएको देख्न सकिन्छ ।

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले भरतपुर महानगरपालिका २४ का स्थानीयले फोहोर फाल्न रोक लगाएका कारण फोहोर उठ्न नसकेको बताए । उनले भने, ‘भरतपुर २३ र २४ को सिमाना केरुङ्गाको खाल्डोमा फाल्दै आएको हो । अहिले स्थानीयले विरोध गरेपछि अर्काे ठाउँको खोजीमा छौं ।’

यस्तै फोहोर व्यवस्थापन गर्दै आएको अर्काे ठाउँ नारायणी किनारमा पनि वर्खामा पानीको सतह माथि आएकाले फाल्न समस्या भएको उनले जनाए । आज बेलुकासम्म ठाउँको खोजी गरेर फोहोर उठाउने प्रयास गरिने प्रवक्ता भण्डारीको भनाइ छ ।

भरतपुर महानगरले ल्याण्डफिल साइड निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि काम सुरु हुन सकेको छैन । जग्गा विवादका कारणले भरतपुरमा ल्याण्डफिल्ड साइड निर्माणमा ढिलाइ भएको महानरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>