चितवन विशेष

रत्ननगरले गर्‍यो महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम

Banner

रत्ननगर, असार २१ –

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार चितवनका महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाका मेयर नारायण वनको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । चितवनकी महिला पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले कार्यक्रममा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उनीहरुले कोरोनाको समयमा महिला पत्रकारलाई रिपोर्टिङको क्रममा समस्याबारे छलफल गरे । साथै महिला पत्रकारहरुले आफ्नो पत्रकारिताबारे अनुभव सुनाएका थिए ।

कार्यक्रममा बोल्दै मेयर नारायण वनले पछिल्लो समय केही मिडियाहरुले नकारात्मक समाचारहरु प्रकाशन गरेको गुनासो गरेका थिए । उनले भने, ‘नगरपालिकाको कमीकमजोरी पनि केलाउनुपर्छ तर त्यो भन्दैमा असत्य, झुटा समाचारहरु प्रकाशित गर्नुहुदैन । मिडियाहरु संवेदनशिल हुनुपर्छ ।’

कार्यक्रम नगरपालिकाकी उमेयर बिमला दुवाडीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा महिला पत्रकारहरुलाई ल्यापटप राख्ने झोला, र्‍याङकोट र प्रेनराइपसमेत हस्तान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>