Breaking News

सुजिता मृत्यु प्रकरण : सिडियो र मेयरसहित स्थानीय वार्तामा, राजमार्ग अझै अवरुद्ध

Banner

चितवन, असार २१

राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रह्यो ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।

बिहान ९ बजेदेखि अवरुद्ध बनेको राजमार्ग अहिले (३ः१५) बजेसम्म पनि खुलेको छैन । जंगलमा मृत अवस्थामा फेला परेकी २३ वर्षीया सुजिता भण्डारीको शव उठाएर पोष्टमाटमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका हुन् ।

अहिले पनि राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका छन् ।

स्थानीयहरुले राजमार्ग लामो समयसम्म अवरुद्ध गराएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सो क्षेत्र पुगेका छन् । प्रजिअ लामिछाने, चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारी र राप्ती नगरपालिकाकी प्रमुख (मेयर) प्रभा बरालसहितको टोलीले अहिले स्थानीयसँग वार्ता भइरहेको छ ।

स्थानीयहरुले सुजिताको हत्या भएको भन्दै हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । यस्तै सुजिताको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सरकारले आर्थिक सहयोग गर्नुपर्र्ने पनि उनीहरुको माग छ ।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>