Breaking News

सुजिता मृत्यु प्रकरण : स्थानीयले शव ल्याउन दिएनन्, एसपी र मेयरलाई घेरे

  • Logo
    app haru
  • २१ असार २०७८, सोमबार
Banner

चितवन, असार २१
राप्ती नगरपालिका–३ का स्थानीयहरु आक्रोशित बनेका छन् ।

जंगलमा मृत अवस्थामा फेला परेकी २३ वर्षीया सुजिता भण्डारीको शव उठाएर पोष्टमाटमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका हुन् ।

उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् । चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) चढेको गाडीलाई स्थानीयले घेराउ गरेका छन् । यस्तै राप्ती नगरपालिका प्रमुख प्रभा बराललाई पनि स्थानीयले घेरेका छन् । उनीहले जनप्रतिनिधिका हैसियतले न्यायका लागि भूमिका खेल्न आग्रह गरिरहेका छन् ।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>