Breaking News
चितवनमा आज ७३ कोरोना संक्रमित थपिए, ९१ जना अस्पतालको आइसोलेसनमा
०

चितवन, असार २०-
चितवनमा आज ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४० जना, खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ८ जना, राप्तीमा २ जना, कालिकामा ५ जना र इच्छाकामनामा १ जना रहेका छन् ।
योसँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार १७४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ५४ जना, अस्पतालमा आइसोलेसनमा ९१ जना र सार्वजनिक आइसोलेसनमा २९ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार आज चितवनमा २ जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै चितवनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८७ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























