Breaking News

अब सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैनः प्रधानमन्त्री ओली

Banner

काठमाडौं,असार १९-

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’

अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए। उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ। आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ।’

उनले अन्य देशको तुलनामा कोरोनाबाट नेपालमा कम क्षति भएको दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>