Breaking News

काठमाडौंमा निषेधाज्ञा एक साता थप्ने तयारी,लामो दूरीको यातायात खुलाउनेबारे छलफल

Banner

काठमाडौं,असार १९-

कोभिड १९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । आइतबार बेलुका बस्ने काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने भएको छ । अहिले जारी निषेधाज्ञा सोमबार मध्यरातसम्म कायमै छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीनै सीडीओहरुले एकसाता निषेधाज्ञा थप गर्ने कुरामा मतैक्य भएपनि थप क्षेत्रलाई खुलाउने बारे स्वास्थ्य मन्त्रालयको सुझावका आधारमा निर्णय गरिने बताए ।

आइतबार बेलुका अथवा सोमबार बिहान बस्ने तीन सीडीओको संयुक्त बैठकले थपिने निषेधाज्ञा अवधिमा कस्तो आदेश जारी गर्ने भन्नेबारे निर्णय गर्नेछन् । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>