कृषि

हेटौँडामा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजारको निर्माण सुरु

Banner

हेटौंडा,असार १८–

हेटौँडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँको लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।

कृषि थोक बजारको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको र भविष्यमा यो थोक बजारबाट सबैले फाइदा लिने मेयर हरिबहादुर महतले बताउनुभयो ।

दुई बिघा चार धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको हो । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको मेयर महतले बताउनुभयो ।

थोक बजारका कारण किसानहरूले न्यून मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढी हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हेटौँडावासीका लागि गौरवको काम भएको बताउनुभयो । कुनै पनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि उहाँले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले समयअघि नै काम सकेर पुरस्कार लिनका लागि आग्रह गर्नुभयो । कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनै पनि वाधा हुन नदिने र सहयोग गर्ने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>