Breaking News

वामदेव गौतमले ओलीलाई भनेः अब म तपाईंको साथ छोड्दिन

Banner

काठमाडौं,असार १८-

नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने प्रतिबद्धता जनाएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अब ओलीको साथ नछोड्ने समेत बताए। उनले अर्का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको आलोचनासमेत गरेका थिए। एउटै पार्टीमा रहेर आफ्नै अध्यक्ष र प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गर्नु गलत रहेको उनले जिकिर गरे।

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>