Breaking News

नारायणगढ मुग्लिन सडकमा झन् ठूलो पहिरो खस्यो, आज रातभर खुल्ने संभावना कम

०
Banner

चितवन, असार १८

पहिरोका कारण आज शुक्रबार बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डमा अपराहन्ह झन् ठूलो पहिरो खसेको छ ।

सडकखण्ड अन्तर्गत चार किलोमा ठूलो पहिरो खसेपछि खाज सडक सूचारु हुने संभावना न्यून रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुुर्य थापाले जानकारी दिए ।

चारकिलोमा हिजोराति खसेको पहिरो पन्छाउने काम भइरहेकै बेला पुनः ठूलो पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलो, जलबिरे र चारकिलोमा खसेको पहिरो बिहानै देखि डोजरको साहयतामा पन्छाइएको थियो ।

साँझबाट यातायात सञ्चालन गर्ने तयारी गरिए पनि पुनः ठूलो पहिरो खसेपछि यातायात भोलि बिहानसम्म पनि नखुल्ने देखिएको छ । १४ किलोमा खसेको ठूलो ढुङ्गा पनि पन्छाउन बाँकी छ ।

सडकखण्ड अन्तर्गत ठाउँठाउँमा साना पहिरा खसेका छन् । विभिन्न ठाउँको यात्रामा हिँडेका यात्रु र मालबाहक सवारीहरु १२ घण्टादेखि सडकखण्डमा अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>