Breaking News

बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्तालाई एमाले चितवनको निर्देशन

Banner

चितवन, असार १७-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले बाढी पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन माग गरेको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा आज जारी विज्ञप्तिमा तीनै तहका सरकारसँग माग गरिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ “नेकपा (एमाले) चितवन यो विपद्तको घडीमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, बेपत्ताहरुको खोजी गर्न र बाढी पहिरोले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।” उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “विपद् प्रतिकार्य योजना अनुरुप प्रभावकारी रुपमा काम गर्न हामी आग्रह गर्दछौं ।”

ज्यान जोखिममा राखी उद्धारकार्यमा खटिनु भएका सुरक्षाकर्मी, स्वयंसेवी संघ संस्था तथा व्यक्तिहरुको प्रशंसा गर्दै एमालेले विपद्को यस घडीमा स्वयंसेवी भावनासहित उद्धार र राहत कार्यमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी, युवा, विद्यार्थी लगायत सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गरेको छ । एमालेले बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानमा बसोबास गर्ने आम जनसमुदायलाई सतर्कता अपाउन समेत अनुरोध गरेको छ ।

चितवनमा केही दिनदेखि परिरहेको अविरल वर्षाले धनजनको क्षति पु¥याएको स्मरण गराउँदै विज्ञप्तिमा जिल्लाका समथर भूभागमा डुवान र कटानको समस्या देखिएको र पहाडी क्षेत्रमा पहिरोको समेत प्रभाव देखिएको उल्लेख गरेको छ । निरन्तर वर्षा भईरहेकाले नारायणी, राप्ती, रिउ, कयर, लदरी लगायतका जिल्ला हुँदै बग्ने नदी तथा खोलाहरुको जलस्तर बढ्दै गईरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>