Breaking News

चितवन सौराहाका होटलहरु डुबानमा, व्यवसायीले सामान सुरक्षित स्थानमा सारे

Banner

चितवन,असार १७ –

चितवनको सौराहा क्षेत्र पनि डुबानमा परेको छ । बुढिराप्तीमा आएको बाढीले सौराहा डुबेको हो । बुढी राप्ती आएको बाढी सौराहा क्षेत्रमा पसेको क्षेत्रिय होटलसंघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए । रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । उनले करिब १० होटल डुबानमा परेको जानकारी दिए । रातभर पानी परे सौराहा पुरै डुब्ने उनले बताए ।

राप्ती नदीको बहाब बढ्दो क्रममा रहेकोले थप क्षेत्र डुबानमा पर्न सक्ने भट्टराइले बताए ।  होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सारेका छन । उनका अनुसार अधिकाशं व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सारिसकेका छन् । बाँकी केही व्यवसायीहरुले अहिले सामान सारिरहेका छन् । चार बर्ष अघि राप्ती नदिमा आएको बाढीले सौराहा पुरै डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>