Breaking News

पूर्वी चितवनका विभिन्न खोलामा बाढी, सयौं घर डुबानमा

Banner

चितवन,असार १७-

लगातारको बर्षासंगै पूर्वी चितवनका खोलामा बाढी आएको छ । राप्ती,खैरहनी र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौं घर डुबानमा परेका छन । पूर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ भने सडक माथिबाट पानी बगिरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरु स्थलगत अवलोकनमा रहेको भन्दै सयौं घर डुबानमा परेको बताए । अहिलेसम्म मानविय क्षति भने भएको छैन । उनले पानी पर्ने क्रम नरोकिए थप क्षेति हुनसक्ने भन्दै सर्तक रहन जिल्लाबासीलाई आब्हान गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>