मौसम

नेपालमा छोटो अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत

Banner

काठमाडौं, असार १७-

अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हो । विभागले देशका विभिन्न दुई सय भन्दा बढी स्टेशनबाट वर्षाको मापन गर्दै आएको छ । मुख्य २० वटा स्टेशनको ३० वर्ष यतादेखि अवधिको औसत् वर्षाको तथ्याङ्क अनुसार यस वर्ष छोटो अवधिमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभाग जलवायु विश्लेषण शाखाकि मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

विभागले ३० वर्षको तथ्याङकलाई औसत् वर्षाको रुपमा मान्दै आएको छ । प्रमुख कँडेलका अनुसार ३० वर्षको औसत् वर्षा १७४६.५ मिलिमिटर थियो भने जेठ १८ गतेदेखि असार १५ गतेसम्म ६३६.५ मिलिमिटर वर्षा भइसकेको छ।

उहाँका अनुसार पूर्वबाट मनसुनी प्रणाली नेपाल भित्रिने गरे पनि यसवर्ष भने मध्यनेपाल र पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>