Breaking News

शिक्षामन्त्री श्रेष्ठले भने– गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ

Banner

काठमाडौं, १६ असार
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् ।

जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका श्रेष्ठलाई आयोगले आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको थियो ।

आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ असारमा रिहा गरेको थियो । काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेको आरोप लागेपछि ६ असारमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी रिहा भएपछि मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेर प्रधानलाई झण्डावाल गाडीमा राखेर लगेका थिए ।

उक्त घटनापछि शिक्षामन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ भने मन्त्रीबाट नै राजिनामा माग भइरहेको छ । यसैको बिरोधमा शिक्षामन्त्री श्रेष्ठको देशका विभिन्न ठाउँमा उनको पुत्ला समेत दहन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए । आयोगले मन्त्री श्रेष्ठलाई मंगलबार कार्यालयमा बोलाएर यसबारे सोधपुछ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>