Breaking News

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु

Banner

काठमाडौँ, असार १६-
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।

माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>