Breaking News
पाठ्यपुस्तकमा लिपुलेक र कालापानीको नक्सा समावेश नगर्नेलाई स्पष्टीकरण सोधिने
०

काठमाडौं, असार १६ –
विद्यालय तहका पाठ्यपुस्तकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगर्ने प्रकाशनलाई स्पष्टीकरण सोधिने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै विक्रीवितरण गर्न आग्रह गरेको थियो । उक्त निर्देशनको अवज्ञ गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको अनुगमनबाट भेटिएकोले केन्द्रले फेरि प्रकाशक तथा विक्री वितरकहरूलाई सचेत गराएको हो ।
अनुगमनका क्रममा २, ३ र ६ कक्षमा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक विक्री वितरण भएको पाइएको पनि उल्लेख गरिएको छ।
‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ,’ केन्द्रले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























