Breaking News

चितवनमा तत्काल सबै सार्वजनिक यातायात संचालन नहुने, अटोलाई जोरबिजोर गर्ने तयारी

Banner

चितवन,असार १६-

चितवनमा तत्काल सबै सार्वजनिक यातायातका सवारीसाधन संचालन गर्न नदिइने भएको छ । काठमाण्डौंमा सार्वजनिक सवारीसाधन संचालनका लागि जोरविजोर प्रणालि लागू भएपनि चितवनमा भने तत्काल संचालन नगरिने भएको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले सबै यातायात संचालन गर्ने पक्षमा आफुहरु नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।उहाँले भन्नुभयो,“सार्वजनिक सवारीसाधन संचालनका लागि सबैतिरबाट दबाब आएको छ, खुल्ला गरिदिए हुन्यो भन्ने छ । तर यही अवस्थामा पुरै खुकुलो गर्न सकिदैंन ।” उहाँले जिल्लामा संक्रमितको संख्या पनि उल्लेख्य रुपमा नघटेको बताउनुभयो ।
दुई चारदिन यता संक्रमितको संख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो । जिल्लामा गरिएको पिसिआर परीक्षणमा अझैपनि १५ देखि १६ प्रतिशत मानिस संक्रमित भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । उहाँले झन् अफ्ठ्यारो परिस्थिति नआओस भनेर बेलैमा सजग हुनुपर्ने धारणा राख्नुभयो ।

“अटो रिक्सालाई भने जोर विजोरका आधारमा संचालन गर्न दिने की भन्ने योजनामा छौं”,उहाँले भन्नुभयो । बजार खुकुलो बनाउँदै गएको प्रशासनले सवारी साधन संचालन गर्न नदिँदा ग्राहक आउन नसकेको व्यवसायीले गुनासो गरेका छन । चितवनमा पछिल्लो समय थपिएको निषेधाज्ञाको समय भोलि बिहिबार सकिदैंछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>