Breaking News

युरोकप फुटबलः जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

Banner

चितवन,असार १६-

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत भएको खेलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्याण्डले जर्मनीलाई २(० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक(एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २(० गोल अन्तरको जित सुनिश्चित गरे ।

यससँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ । इग्न्ल्यांडले समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>