Breaking News

आजदेखि सार्वजनिक यातायात चल्ने, बजार खुल्यो

Banner

काठमाडौं,जेठ १५-

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो। कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। निषेधाज्ञाबीच नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन लागिएको हो। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन्। गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>