Breaking News

रामचन्द्रलाई शेखरले भने : मिलेर चुनाब लडौं, म सभापति तपाईँ प्रधानमन्त्री

Banner

काठमाडौं, असार १४ –

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

भेटमा पौडेलले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गरेका थिए । तर शेखरले ‘तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु’ भनेको भेटमा सहभागी एक नेताले जनाए ।

‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु,’ कोइरालाले पौडेललाई भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>