चितवन विशेष

भरतपुरको आँपटारीबाट लागूऔषधसहित दुई युवा पक्राउ

Banner

चितवन,असार १४-

चितवनमा प्रतिबन्धित लागूऔषधसहित दुई युवालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं २ आँपटारीस्थित इन्द्रेणीटोलमा विनय ठाकुरको घरमा डेरा गरी बस्ने २६ वर्षीय योजन पोख्रेल र सोही वडाका २४ वर्षीय रोशन बुढाथोकी रहेका छन् ।

प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले डाइजेपाम २२ एम्पुल, फेनारगन २३ एम्पुल र नुर्फिन १२ एम्पुल गरी जम्मा ५७ एम्पुल किनबेच गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो । उनिहरुलाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>