चितवन विशेष

भरतपुरमा गाँजासहित एक महिला पक्राउ

Banner

चितवन,असार १४-

लागूऔषध गाँजा सहित एक महिला पक्राउ परेकी छन । जिल्ला प्रहरी कार्यालय चितवनबाट आइतबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४०० ग्राम गाँजासहित एक महिलालाई भरतपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १७ लंगौटा बस्ने २९ वर्षीया विष्णुमाया थापामगर रहेकी छन् । उनको घरकोठामा चेकजाँचका क्रममा बिक्री वितरणको लागि प्लास्टिकमा प्याकिङ गरेको १० पोका ४०० ग्राम गाँजासहित १० हजार ४०० रुपैयाँ बरामद गरिएको छ । थापामगरलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>