Breaking News

माधवकुमार नेपाल निकट एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

Banner

काठमाडौं,असार १३-

एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले आफूमाथि स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेका हुन् । उनले आफू स्वतन्त्र सांसद रहेको संसद् सचिवालयमा पत्र लेख्दै जानकारी गराएका हुन् ।

नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्रचार गरेको बताए । एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको यस्तो निर्णय आएको हो ।

उनी तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् ।

नेता भुसालले सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने बताएका छन् । भुसाल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह निकट नेताका रुपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>