Breaking News
एमाले बैठक बालुवाटारमा सुरु, के हुँदैछ छलफल ?
०
काडमाडौं, असार १३
नेकपा (एमाले)को स्थायी कमिटीको बैठक सुरु भएको छ ।
यसअघि पटकपटक स्थगित भएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
बिहान नौ बजेका लागि बोलाइएको भए पनि बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताए ।
यसअघि जेठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























