चितवन विशेष

चितवनमा दिप प्रज्वलन गर्दै मनाइयो अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरूद्ध दिवस

Banner

भरतपुर, असार १२ –

चितवनमा दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरूद्ध दिवस मनाईएको छ । आज भरतपुरको चौबिसकोटीमा दिप प्रज्वलन गरी दिवस मनाईएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको आयोजनामा रिकभरिंग नेपाल बाग्मती प्रदेश समितीको समन्वयमा ३४ औ अन्तर्राष्ट्रीय लागुऔषध दुरूपयोग तथा ओसारपसार विरुद्धको दिवस मनाईएको थियो । लागुऔषध रहित परिवार स्वस्थ जीवनको आधार “ भन्ने नारा गर्दै दिवस मनाईएको थियो । कार्यक्रममा लागुऔषध सेवनबाट मृत्यु भएका विश्वभरका व्यक्तिहरूको सम्झनामा मौनधारण पनि गरिएको थियो ।

कार्यक्रममा रिकभरिंग नेपालका केन्द्रीय उपाध्यक्ष धुर्ब केसी, बागमती प्रदेशका उपाध्यक्ष किरण गुरुङ, सचिव भरत घिमिरे, पूर्व अध्यक्ष ज्ञानुजंग लामा साथै द युनाइटेड चितवन लगायत विभिन्न संघसंस्थाका सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

रिकभरिंग नेपाल बागमतीका फोकल पर्सन शंकर निर्देशले कार्यक्रम संचालन गरेका थिए । भने रिकभरिंग नेपाल बागमती प्रदेशका अध्यक्ष दिवाकर राज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले लागुऔषधमा फसेकाहरुलाई सरकारले साथसहयोग साथै सुधार गर्नुपर्ने बताए । उनले नशा घरघरको दशा हुने भएकोले कुलतमा नफस्न युवाहरुलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय लागुऔषधमा युवाहरूको बढ्दो लतले गर्दा समाज नराम्रो दलदलमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>