मनोरञ्जन

असार १६ गतेबाट चर्चित टेलिसिरियल ‘जुठे’ फेरि प्रसारण हुँदै

Banner

काठमाडौं, असार १२ –

नेपाली टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ। सिरियल आउँदो साताबाट नियमित प्रसारणमा आउँने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

जातीय विभेद र छुवाछुतको विषयलाई समेटी देखाइएको भन्दै विवादमा आएपछि सिरियल केही सातादेखि बन्द भएको थियो । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण बन्द रहेको सिरियल फेरि शुरु हुने कलाकार मरिचमानले बताए ।

उनले राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज बिश्वकर्मासँग जुठेको विषयमा छलफल भएको बारेसमेत बताएका छन् । ‘छलफल निकै सकारात्मक रहेको र आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे-मान्छे बिचको बिभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बन्ने चाहाना पुरा गर्ने प्रतिबद्धता जनाइएको छ’, उनले भनेका छन्।

अर्को साता असार १६ मा भाग १४ लिएर आउँने उनले बताएका छन्। यस सिरियल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>