Breaking News

चितवनमा निषेधाज्ञा खुकुलो भएसंगै निशुल्क खाना अभियान पनि बन्द

Banner

चितवन, असार १२ –

चितवनको भरतपुरमा युवाहरुले निशुल्क खाना अभियान बन्द गरेका छन् । निषेधाज्ञा खुकुलो भएसंगै युवाहरुले निशुल्क खाना अभियान बन्द गरेका हुन् ।

चितवनका सामाजिक अभियान्ताहरुले निशुल्क खाना व्यवस्था गर्दै आएका थिए । भरतपुरका युवाहरुसहित विभिन्न संघसंस्थाका व्यक्तिहरु मिलेर निशुल्क खानाको व्यवस्था गरेका थिए ।

भरतपुरमा रहेका ७ संघसंस्थाहरु  न्यु वे फाउन्डेसन, रिकभरिंग नेपाल बागमती प्रदेश, द युनाइटेड चितवन, युवा समाज भरतपुर, विश्व हिन्दु युवा संघ चितवन, तपुर बजार व्यवस्थापन समिति लगायतका संस्थाहरु मिलेर निशुल्क खाना अभियान संचालन गरेका थिए । उनीहरुले साढे तिन महिना खाना खुवाएपछि सो अभियान बन्द गरेका हुन् । सरकारले निषेधाज्ञा खुकुलो बनाएसंगै मजदुर गर्नेहरुलाई पनि पहिले जस्तो समस्या नभएको रिकभरिंग नेपाल बागमती प्रदेशका अध्यक्ष दिवाकरराज श्रेष्ठले बताए । उनले भने, निषेधाज्ञा खुकुलो भएपछि मजदुरी गर्नेहरु पनि काममा गएको थाहा पायौं । त्यसपछि अब बन्द गर्दा पनि समस्या नहुने भन्ने भयो ।

संस्थाले भरतपुरमा मजदुर काम गरेर बस्ने, बिहान बेलुका छाक टार्न समस्या रहेका, निषेधाज्ञाको कारण भोकभोकै बस्न परेकाहरुलाई निशुल्क खाना व्यवस्था गर्दै आएका थिए । भरतपुरको केन्द्रिय बसपार्कमा उनीहरुले खाना बनाई विभिन्न ठाँउहरुमा भोकभोकै बस्न बाध्य भएकाहरुलाई सुचना भए अनुसार जहाँ छ त्यही पु¥याउने व्यवस्था गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

चितवनमा निषेधाज्ञाले फेरी समस्या बनाए निशुल्क खाना अभियान सुचारु गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>