Breaking News

शिक्षा मन्त्रीले आफू कुन पदमा छु भन्ने विर्सिए : एमाले नेता पाण्डे

Banner

काठमाडौं, असार १२ –

एमाले नेता विन्दा पाण्डेले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती गरेकाले माफी माग्नुपर्ने बताएकी छन्।संचारकर्मीसंगै कुरा गर्दै एमाले नेता पाण्डेले जिम्मेवार पदमा रहेका व्यक्तिहरु भावनामा भन्दा पनि नियम र कानुन अनुसार चल्नुपर्ने बताएकी हुन् ।

जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान अपुरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।

‘जान अन्जानमा गल्ती हुन्छ। माफी माग्दा सानो भइँदैन। यस्तो विषयमा आत्मालोचान गर्दा कसैले पनि कमजोरी मान्नु हुँदैन’ उनले भनिन् ‘जुन तहमा गल्ती हुन्छ त्यही तहमा माफी माग्दा हुन्छ भन्ने हो।’

आफू कुन पदमा छु भनेर समेत मन्त्री श्रेष्ठले विर्सिएको पाण्डेको बुझाइ छ। हाम्रो शिक्षा मन्त्री अलि भावनात्मक हुनुहुन्छ। कानुनले के भन्छ म कुन पदमा छु कुन कुर्सीमा बसेर के गर्न हुन्छ, हुँदैन भन्ने विषय त्यस्ता व्यक्तिले विर्सिन्छन्। त्यो ठाउँमा मन्त्री जानै हुन्थेन’ उनले भनिन्।

आफूले गरेका गतिविधिले समाजमा के कस्ता असर पार्छ, कानुन विपरित गतिविधि हुन्छ कि हुँदैन भनेर सोच्न पर्ने पाण्डेले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>