Breaking News

चितवनमा रहेको अस्पताललाई छोडेर अध्ययन प्रतिष्ठान भक्तपुर वनाउने निर्णयमा कांग्रेसको आपत्ती

Banner

चितवन, असार १२ –

चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छोडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान वनाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।

सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको विपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ती रहेको जनाईएको छ ।

आफ्नै स्वायत्त ऐन, पर्याप्त पुर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीको नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रिय स्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत राख्न समेत काङ्ग्रेसले माग गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>