Breaking News

कांग्रेस महाधिबेशनः रामचन्द्र पौडेल पक्षका ८ जना र देउवा पक्षका २ जनाको दाबेदार

Banner

काठमाडौं,असार १२-

नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्।

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महतले दाबी गरेका छन्। यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरे।

पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्। अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन्। डा.शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>