Breaking News

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरले छुट्यायो २ करोड

Banner

चितवन, असार १०–

भरतपुर महानगरपालिकाले रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज (बिहीबार) भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको नवौँ नगरसभा मार्फत भरतपुर महानगरले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा रंगशालाका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको हो । अधुरा योजनाहरुलाई निरन्तरता दिने क्रममा क्रिकेट रंगशालाका लागि २ करोड विनियोजन गरिएको महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेणु दाहालले महानगरको सहयोग र समन्वयमा वडा नं.१५ मा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण र्य तीव्रताका साथ अगाडि बढिरहेको जानकारी दिँदै त्यसका लागि यसपटक पनि बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनले रंगशालाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नेपाल सरकार र प्रदेश सरकारंग समन्वय गर्दै आइरहेको बताइन् । उनले रंगशाला निर्माण पश्चात नेपाली खेल क्षेत्रको विकासमा युगान्तकारी परिवर्तन हुने अपेक्षा समेत गरिन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणलाई तीव्रता दिएको छ भने रकम अभावले फाउण्डेशनलाई समस्या पर्दै आइरहेको छ । अहिले रंगशालाको मुख्य मैदानमा दुबो रोप्ने काम भइरहेको छ भने पीच निर्माणको काम समेत सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>