Breaking News

नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण, २४ संक्रमितको मृत्यु

Banner

काठमाडौँ,असार १०-

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ९९७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट हुने कुल संख्या ५ लाख ७० हजार ९५८ जना रहेको छ । कोरोन संक्रमणबाट मुक्त हुने दर ९०.७ प्रतिशत रहेको छ ।

आज कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९१८ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>